पुरस्कार वितरण एवंं विविध साँस्कृतिक कार्यक्रमसहित आज ल्याण्ड स्टार स्कुलको १९औँ वार्षिकोत्सव मनाईदै
लमजुङ ।
लमजुङको बेँसीशहर नगरपालिका–८ स्थित ल्याण्ड स्टार इङ्लिस स्कुलको १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित स्पोर्ट्स मिटको तेस्रो दिन हिजो (शनिबार) विभिन्न सदनात्मक तथा खुला प्रतियोगिता सम्पन्न भएका छन्।
मंसिर ३ गतेदेखि सञ्चालन भएको स्पोर्ट्स मिटमा शनिबार खुला १५०० मिटर छात्र दौडमा कक्षा १० का प्रसन्न अधिकारी प्रथम, मिसन गुरुङ द्वितीय र सुवास गुरुङ तृतीय भए। छात्रातर्फ कक्षा ६ की कृतिका घले प्रथम, कक्षा ८ की स्मारिका गुरुङ द्वितीय र कक्षा ७ की मिरा सुनार तृतीय भए। खुला छात्रा ब्याडमिन्टनमा आर्टिका गुरुङ प्रथम, अस्मी गुरुङ द्वितीय र कक्षा ९ की सोफिया गुरुङ तृतीय भए। सदनात्मक छात्रा बास्केटबलमा रेड हाउस प्रथम र ग्रीन हाउस द्वितीय भए। छात्रा भलिबलमा ह्वाइट हाउस प्रथम र ग्रीन हाउस द्वितीय भए। खुला स्लो साइकल रेसमा छात्रतर्फ कक्षा ७ का नयन थापा प्रथम, कक्षा ५ का कोशिक गुरुङ द्वितीय र कक्षा ४ का रोहित गुरुङ तृतीय भए। छात्रातर्फ कक्षा ५ की सिवान्या पौडेल प्रथम, कक्षा ६ की अनुष्का घिमिरे द्वितीय र कक्षा ३ की एलिजा गुरुङ तृतीय भए।
स्पोर्ट्स मिटमा आयोजित सम्पूर्ण प्रतियोगिताका विजयी विद्यार्थीलाई आज आइतबार हुने विशेष समारोहमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ। विद्यालयको १९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह आइतबार बिहान ११ः३० बजे सुरु हुनेछ। समारोहमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्नेछन्।











प्रतिकृया दिनुहोस