आज : Thursday, November 19, 2026 | २०८३ मङ्सिर ४ बिहीबार

घनपोखरामा १८औँ युनाईटेड कप हुँदै, पुरुष फुटबलका विजेतालाई नगद एक लाखसहित खसी पुरस्कार 

लमजुङ ।

लमजुङको मर्स्याङ्ग्दी गाउँपालिका वडा नं. २ घनपोखरामा १८ औँ युनाइटेड कप वडास्तरीय फुटबल प्रतियोगीता हुने भएको छ । युनाइटेड बीच यूवा क्लब मर्स्याङ्दी गाउँपालिका २ घनपोखराको आयोजनामा यहि मङ्सिर २३ गतेदेखी केकेएम खेल मैदानमा सो प्रतियोगीता हुन लागेको हो ।

आयोजकले बुधबार पत्रकार भेटघाट गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । स्थानिय प्रतिभाको पहिचान गरि फुटबल खेल प्रती युवाहरुलाइ उत्प्रेरित गराउने, युवाहरुमा अनुशासन र स्वच्छ प्रतिष्पर्धाको विकास गरी भातृत्व कायम गर्ने तथा स्थानीय खेल पर्यटनको बिकास एवं प्रबर्द्धन गर्ने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको क्लबका अध्यक्ष भक्त बहादुर गुरुङले बताउनुभयो । प्रतियोगीताबात कुशल खेलाडी छनौट गरि राष्ट्रव्यापी फुटबल प्रतियोगिताहरुमा टिम सहभागी गराउने क्लबको उद्देश्य छ ।

अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा मर्स्याङ्दी गाउँपालिकाका ९ वटै वडा र आयोजकसहित १० टिम सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुने टोलिलाइ नगद १ लाखसहित खसी पुरस्कार प्रदान गरिने छ । यस्तै द्धित्तीय हुने टिमले नगद ६० हजारसहित खसी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई जनही नगद १० हजार प्रदान गरिने छ । सेमिफाईनल खेल्ने दुई टिम र अनुशासित टिमलाई पनि नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगीता संचालन गर्न कुल ८ लाख ४० हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।

कार्यक्रममा खुदी युथ क्लव मर्स्याङ्दी र युनाईटेड बीच युवा क्लवको भेट्रान्स टिम गरी दुई टिम सहभागी भेट्रान्स फुटबल समेत हुने क्लवका सचिव पुष्प राज गुरुङले बताउनुभयो । भेट्रान्स फुटबलका बिजेताले एउटा खसी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । युनाईटेड कप अन्तर्गत नै महिला तथा पुरुष डोरी तान प्रतियोगीता तथा कुर्चि चाल प्रतियोगीताका साथमा सेर्का, झाँकी, कृष्ण चरित्र जस्ता विविध साँस्कृतिक कार्यक्रमहरु पनि हुने छन् ।

युनाईटेड बीच युवा क्लवको आयोजनामा प्रत्येक वर्ष हुँदै आएको यस प्रतियोगीता गतवर्ष भने खेलमैदानमा क्लव र स्थानीयबीच जग्गा विवादका कारण हुन सकेको थिएन । यसपटक भने सर्वदलीय बैठक बसी मर्स्याङ्दी गाउँपालिकाले उक्त विवाद साम्य पारेको आयोजकले जनाएको छ । प्रतियोगीताले घनपोखराको पर्यटन प्रवद्र्धन तथा त्यस क्षेत्रमा प्रचलित हनी हन्टिङको समेत प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  

प्रतिकृया दिनुहोस