आज : Saturday, August 08, 2026 | २०८३ श्रावण २३ शनिबार

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमांडौ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशत बराबर हो ।

यस्तै, तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ । नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ ।

परीक्षाफल बोर्डको वेबसाइट  (www.neb.gov.np) एसएमएस र आइभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ । बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो ।   

प्रतिकृया दिनुहोस