हाम्रो बारेमा
सबै
रेडियो चौतारी ९१.४ मेगाहर्ज र www.radiochautari.org मा र्सवप्रथम तपाइँलाई हार्दिक स्वागत छ । लमजुङ सदरमुकाम वेसीशहरमा कार्यालय राखेर २०६९ जेठ १५ गतेदेखि प्रशारण शुरु भएको रेडियो चौतारी तपाइँको आफ्नै चौतारी हो । यस चौतारीमा विसाएर आफ्ना गाउँघरको खबर पढ्न र सुन्न अनि तपाइँको मनको भारि विसाउन हामीले रेडियोसंगै www.radiochautari.org लाई यहाँहरुमाझ ल्याएका छौँ । एफएम बैण्डको ९१.४ मेगाहर्जमा लमजुङ जिल्लाको पुरै भाग, छिमेकी मनाङ, गोरखा, तनहुँ र कास्की जिल्लाको अधिकांश भाग, स्याङ्जा, धादिङ, पाल्पा, बाग्लुङ, गुल्मी, मकवानपुर, चितवन, धादिङ लगायत जिल्लाका एक तिहाई भागमा प्रष्ट सुन्न सकिने रेडियो चौतारी ९१.४ मेगाहर्जर् इन्टरनेट सेवा उपलब्ध संसारको जुनसुकै ठाउँमा www.radiochautari.org लगअन गरि सुन्न र पढ्न सकिन्छ ।
लमजुङका संचारकर्मी, विकासकर्मी, सामाजिक ब्यक्तित्व र नागरिक समुदायका २ सय जना बढी सदस्यहरु मिलेर सामुदायिक रुपमा संचालनमा ल्याएको रेडियो चौतारी ९१.४ मेगाहर्ज, तपाइँको गाउँठाउँ अथवा तपाइँ जहाँ वस्नुभएको छ, त्यहाँ कस्तो सुनिएको छ, कृपया हामीलाई जानकारी गराउनुहुन अनुरोध छ । हामी धेरै ठूला कुरा गर्दैनौँ । लमजुङ सदरमुकाम वेसीशहरमा वसेर तपाइँको गाउँठाउँमा घटेका घटना र भइरहेका विकास निर्माणका कामहरुको जानकारी छिटो र छरितो ढंगवाट तपाइँसमक्ष पुर्याउने बाचा गर्र्छौँ । समाजमा भईरहेका अशान्तिलाई शान्ति र अनियमिततालाई सूचनाकै माध्ययमवाट पारदर्शीता बनाउन खबरदारी र प्रेरित गर्ने हाम्रो प्रयास छ र दायित्व पनि हो । सूचना पाउनु तपाइँको अधिकार हो । यसमा हामी एक कदम अगाडि तपाइँको पक्षमा उभिन्छौँ । 'शान्ति र विकासका लागि हाम्रो आवाज' रेडियो चौतारी ९१.४ मेगाहर्जको नारा रहेको छ । शान्ति र विकासका लागि हामी सवैको आवाज एउटै हुनुपरेछ, तबमात्र सुन्दर घर, सुन्दर टोल, सुन्दर गाउँ, सुन्दर जिल्ला, सुन्दर अञ्चल हुँदै सुन्दर देश नेपाल बन्न सक्छ । आउनुहोस्, हामी सवै यसकार्यमा हातेमालो गरौँ । आफ्नो गाउँठाउँमा शान्ति र विकासको विगुल फुकेर अघि बढौँ, सुन्दर र शान्त देश नेपाल बनाउन ।




