आज : Monday, November 23, 2026 | २०८३ मङ्सिर ८ सोमबार

ल्याण्ड स्टार स्पोर्टस मिटको दोस्रो दिन विभिन्न सदनात्मक तथा कक्षागत प्रतियोगिता सम्पन्न

लमजुङ ।
लमजुङको बेंसीशहरस्थित ल्याण्ड स्टार इङ्लिस स्कुलको १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित स्पोर्टस मिटको दोस्रो दिन शुक्रबार विभिन्न सदनात्मक तथा कक्षागत प्रतियोगिता सम्पन्न भएका छन्। विद्यालय परिसरमा सञ्चालन भइरहेको स्पोर्टस मिटअन्तर्गत सदनात्मक जुनियर छात्र फुटसल प्रतियोगितामा ब्लु हाउस प्रथम र ग्रिन हाउस द्वितीय भएका छन्। त्यस्तै, सिनियर छात्र फुटसलमा पर्पल हाउस प्रथम र रेड हाउस द्वितीय हुन सफल भएका छन्। 

जुनियर फुटसलमा ब्लु हाउसका रोहित गुरुङ, रौनक पराजुली, बिशु तामाङ, प्रदीप अधिकारी, बितेश तामाङ, प्रसुन गुरुङ, आशिष लोहोनी र निरोन गुरुङको टोली प्रथम भएको हो। ग्रिन हाउसका जियान गुरुङ, दिप्सन गुरुङ, सिमोन भुजेल, अस्बिन भण्डारी, रेहान गुरुङ, किरण महतो, समिर गुरुङ र रितिक पौडेलको टोली द्वितीय भएको छ। यसैगरी, सिनियर फुटसलमा पर्पल हाउसका सुमित राना मगर, सुभाष गुरुङ, सुशान्त राना, सन्दिप घले, प्रणय बिष्ट, आशिम अधिकारी, सफल मजाकोटी र प्रिन्स गुरुङको टोली प्रथम भएको छ। रेड हाउसका दिप्सन गुरुङ, सोहम भण्डारी, क्याक्ट्रिक्स गुरुङ, दिवस गुरुङ, आशुम गुरुङ, आयुष गुरुङ, मिसन गुरुङ र सुलभ रावलको टोली द्वितीय भएको छ। 

खुला छात्र ब्याडमिन्टन प्रतियोगितामा कक्षा १० का प्रिन्स गुरुङ प्रथम, शिक्षित पोखरेल द्वितीय र मिसन गुरुङ तृतीय भएका छन्। खुला छात्र टेबलटेनिस प्रतियोगितामा कक्षा १० का देव गुरुङ प्रथम, शिक्षित पोखरेल द्वितीय र कक्षा ९ का प्रणय विष्ट तृतीय भएका छन्। त्यस्तै, कक्षागत प्रतियोगिताअन्तर्गत कक्षा १ को छात्रतर्फ ब्यालेन्स द बुकमा सक्षम भण्डारी प्रथम, दिप्सन गुरुङ द्वितीय र सार्थक श्रेष्ठ तृतीय भए। छात्रातर्फ पेन्सिल दौडमा प्रिन्सा गुरुङ प्रथम, दिप्सा गुरुङ द्वितीय र ओजस्वी गुरुङ तृतीय भएका छन्। कक्षा २ को छात्रतर्फ अन फुट रेसमा जेसन मिजार प्रथम, सायम श्रेष्ठ द्वितीय र सोनाम तामाङ तृतीय भए। कक्षा ३ को छात्रतर्फ बेलुन ब्लास्टमा प्रमिस श्रेष्ठ प्रथम, हेमन्त गुरुङ द्वितीय र दिप्सन विक तृतीय भए। छात्रातर्फ प्रकृति श्रेष्ठ प्रथम, रितिका घले द्वितीय र साइसा गुरुङ तृतीय भएका छन्। कक्षा ४ को छात्रतर्फ बलुन ब्यालेन्स एन्ड बलिङ द बल प्रतियोगितामा विवश थापा प्रथम, रिदम थापा द्वितीय र निर्मल थापा तृतीय भए। छात्रातर्फ सुप्रिमा गुरुङ प्रथम, सिम्रन तामाङ द्वितीय र नेहा घिमिरे तृतीय भएका छन्। 

त्यसैगरी, कक्षा ५ को छात्रतर्फ द ट्रिपल स्किल च्यालेन्जमा कोशिक गुरुङ प्रथम, सुभम घर्ती द्वितीय र अनुज पौडेल तृतीय भए। छात्रातर्फ द स्मार्ट एन्ड स्विफ्ट च्यालेन्जमा आश्रिया दनाई प्रथम, शान्ति गुरुङ द्वितीय र विहानी गुरुङ तृतीय भएका छन्। 

विद्यालयको १९औँ वार्षिकोत्सव मंसिर ६ गते विशेष समारोहका साथ मनाइनेछ। स्पोर्टस मिट भने मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। शनिबार खुला छात्रछात्रा १ हजार ५ सय मिटर दौड, सदनात्मक छात्रा बास्केटबल तथा भलिबल, खुला छात्रा ब्याडमिन्टन, खुला छात्रछात्रा स्लो साइकल रेस तथा शिक्षकबीच मैत्रीपूर्ण कुर्सीचाल प्रतियोगिता आयोजना गरिने विद्यालयले जनाएको छ। प्रतियोगितामा विजयी विद्यार्थीलाई मंसिर ६ गते आयोजना हुने विशेष समारोहमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्रिन्सिपल ईश्वर पौडेलले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस