लमजुङका उत्सव घिमिरे कक्षा १२ को परीक्षामा नेपाल प्रथम
लमजुङको बेंसीशहर नगरपालिका ३, बाहुनबेंसी स्थायी घर भइ हाल दाङको घोराही बस्दै आएका उत्सव घिमिरे कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएका छन् ।
घोराहीको गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलबाट कक्षा १२ को परीक्षा दिएका घिमिरेले ३.९६ जीपीए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार घिमिरे नेपाल प्रथम भएको दावी गरिएको छ ।
घिमिरेले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.९५ जीपीए ल्याएर जिल्ला प्रथम भएका थिए ।
वि.सं. २०६० सालमा दाङ पुगेका घिमिरे परिवारले बच्चाहरुलाई उक्त ठाउँमा पढाउँदै आएका थिए । परिवारका अनुसार कक्षा १ मा भर्ना भएदेखि परीक्षामा सधैं प्रथम भएका उत्सव अतिरिक्त क्रियाकलापमा पनि पहिलो वा दोस्रो हुँदै आएका विद्यार्थी हुन् ।
उत्सवका बुवा उत्तम घिमिरेका अनुसार छोराले भविष्यमा डाक्टर बन्ने लक्ष्य बताउनुभयो ।








प्रतिकृया दिनुहोस