यस वर्ष टीकाको उत्तम साइत कार्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा
लमजुङ ।
यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत कार्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार विजया दशमीका दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। त्यसपछि बिहान १०:२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न सकिनेछ।
टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ। यद्यपि विजया दशमीका दिन दिनभर नै टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि बिहान १०ः२६ बजेको समय उत्तम रहेको समितिका अध्यक्ष सहप्राध्यापक डा.पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ।
यस वर्ष असोज २५ गते आइतबार घटस्थापनाबाट नवरात्र सुरु हुनेछ। कात्तिक १ गते महाष्टमी, कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजया दशमी परेको छ। दसैं पर्व कात्तिक ८ गते कोजाग्रत पूर्णिमासँगै समापन हुनेछ।











प्रतिकृया दिनुहोस