भेषबहादुर पौडेलद्वारा कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
लमजुङ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेश (भूगोलतर्फ) बाट केन्द्रीय सदस्य पदका लागि भेषबहादुर पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । पौडेलको सचिवालयले सार्वजनिक गरेको अपिलमार्फत कांग्रेसलाई थप ऊर्जाशील, उत्तरदायी र सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको जनाउँदै महाधिवेशन प्रतिनिधिहरूसँग मत मागिएको छ।
पौडेलले ‘निष्ठा, अनुभव र रूपान्तरण’ लाई आफ्नो अभियानको आधार बनाउनुभएको छ। सचिवालयका अनुसार उहाँको राजनीतिक प्राथमिकतामा निष्ठावान् नेतृत्व, जनप्रतिनिधिको भूमिका तथा कार्यकर्ताको सारथीका रूपमा संगठनमा सक्रिय रहने विषय समेटिएका छन्।
त्यस्तै, पौडेलले संगठनलाई थप सुदृढ र रूपान्तरित बनाउने, कार्यकर्ताको मूल्यांकन गर्दै न्यायोचित अवसर सुनिश्चित गर्ने, गण्डकी प्रदेशको समृद्धिलाई प्राथमिकता दिने तथा सुशासन र जनउत्तरदायी राजनीतिलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।











प्रतिकृया दिनुहोस