६ दिनदेखि अवरुद्ध बेसीशहर–चामे सडक सञ्चालनमा
लमजुङ ।
बाढी पहिरोका कारण ६ दिनदेखि अवरुद्ध लमजुङको बेसीशहर–चामे सडक सञ्चालनमा आएको छ ।
मनाङको नासोंँ गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे–बेसीशहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो ।
सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ ।










प्रतिकृया दिनुहोस