आज : Monday, October 05, 2026 | २०८३ असोज १९ सोमबार

हिमाली आमा समूहद्वारा बाढी प्रभावितका लागि ५० हजार सहयोग

लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–१ घनपोखरास्थित हिमाली आमा समूहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ।

समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो। भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि राहत तथा उद्धारका लागि समूहले सहयोग गरेको जनाएको छ। 

हिमाली आमा समूहकी अध्यक्ष अन्जनदेवी गुरुङले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कोषमा रकम हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले विपद्मा परेका परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको जानकारी दिइन्। समूहले आगामी दिनमा पनि सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ। 

प्रतिकृया दिनुहोस