लमजुङसहित ४० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
लमजुङ ।
आज लमजुङसहित देशका ४० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको लमजुङ, गोरखा, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङसहित देशका विभिन्न ४० जिल्ला र यी जिल्ला आसपासका खोला÷नदीमा आकस्मिक बाढीको सम्भावना छ ।
आज गण्डकी, कोशी, बागमती र लुम्बिनीका थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानीसँगै नदी तथा खोलामा बहाव बढ्न सक्ने अनुमान छ । बाढी पूर्वानुमान बुलेटिनका अनुसार बाढीको जोखिम रहेका अरू जिल्लाहरूमा काठमाण्डौ, भक्तपुर र ललितपुर, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, चितवन, नवलपरासी पूर्व, रुपन्देही, कपिलवस्तु, पाल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा र कञ्चनपुर रहेका छन् ।
बाढीको सम्भावना रहेका जिल्लाका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ ।










प्रतिकृया दिनुहोस