आज : Monday, August 03, 2026 | २०८३ श्रावण १८ सोमबार

मर्स्याङ्दी गाउँपालिका प्रवेशद्वार’ निर्माण सम्पन्न

लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकाको सिमानामा निर्माण गरिएको ‘मर्स्याङ्दी गाउँपालिका प्रवेशद्वार’ निर्माण सम्पन्न भएको छ । मर्स्याङ्दी गाउँपालिकाको पहिचान, संस्कृति, गौरव र आतिथ्यलाई झल्काउने उद्देश्यले  सो प्रवेशद्वार निर्माण गरिएको हो ।

आकर्षक डिजाइन र आधुनिक प्रकाश व्यवस्थासहित निर्माण गरिएको प्रवेशद्वारले दिन र रात दुवै समयमा गाउँपालिकाको सौन्दर्य थप उजागर गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले मर्स्याङ्दीको विशिष्ट पहिचान स्थापित गर्दै पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।  मर्स्याङ्दीलाई अझ सुन्दर, व्यवस्थित र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियान निरन्तर जारी रहने गाउँपालिकाले जनाएको छ । 

प्रतिकृया दिनुहोस