मस्र्याङ्दी आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
तनहुँको भानु नगरपालिका वडा नं.–९ खहरेमा रहेको मस्र्याङ्दी आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
लायन्स र लियो क्लव अफ काठमाडौँ नेपालय र लायन्स÷लियो क्लब अफ काठमाडौँ गुणकेशरीको संयुक्त सहयोगमा विद्यार्थीलाई न्यानो कपडा (स्वेटर, ट्याकशुट, जुत्ता मोजा) र शैक्षिक सामग्री( ब्याग पेन्सिल कापी) वितरण गरिएको हो । कक्षा ५ सम्म अध्ययनरत ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको लायन्स क्लव अफ काठमान्डौ नेपालयका अध्यक्ष भुवन श्रेष्ठले बताउनुभयो ।
लायन्स क्लव अफ काठमान्डौ नेपालयका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भानु नगरपालिका वडा नं ९ का अध्यक्ष मिन बहादुर गुरुङ, वडा सदस्य कृष्ण राज धमन्या, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष्य रुद्र निधि भण्डारी लगायतको उपस्थिती रहेको कार्यक्रममा लायन्स इन्टर्नेशनल ३२५ एल का डिस्ट्रिक गभर्नर एक नारायण शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भाइस डिस्ट्रिक गभर्नर तेज नारायण पराजुली, डिस्ट्रिक सचिव सुजित हिराचन, ज्वाइन्ट चिफ एडवैजर तथा लायन्स क्लव काठमाडौँ नेपालयका संस्थापक अध्यक्ष्य सुधिर शर्मा , ज्वाइन्ट चिफ एडबाजरहरु मनकृष्ण श्रेष्ठ,अमृत बराल, सुरेन्द्र पौडेल डेपुटी डीपार्टमेन्ट चिफ अमित थापा, लायन्स क्लव काठमाडौँ नेपालयका अग्रज लायन्स लिडर किरण श्रेष्ठ,भाइस प्रिसिडेन्ट लक्ष्मण सिलवाल लायन्स क्लब अफ काठमाडौँ गुणकेशरीको संस्थापक अध्यक्ष्य सुजिता गजमेर, रिजन चियर पर्सन लक्ष्मी शर्मा र लियो क्लब अफ काठमाडौं नेपालय अध्यक्ष सुस्मिता भण्डारी, लियो डिस्ट्रिक्ट रिजन कोर्डिनेटर रितु डङ्गोल, लियो पास्ट प्रेसिडेन्ट सम्पदा सिलवाल , कोषध्यक्ष अपेक्षा पाण्डे र लियो सदस्यहरुको उपस्थिती थियो ।








प्रतिकृया दिनुहोस