आज : Thursday, August 06, 2026 | २०८३ श्रावण २१ बिहीबार

सर्वोदय सेवाश्रममा श्रावण २५ गते डा. योगी विकासानन्दद्वारा योग तथा जीवन व्यवस्थापनसम्बन्धी विशेष कार्यक्रम हुँदै 

लमजुङ ।
लमजुङको राइनास नगरपालिका–८ स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा बोलबम मेलाको समापनको अवसर पारेर आगामी श्रावण २५ गते योग तथा जीवन व्यवस्थापनसम्बन्धी विशेष कार्यक्रम हुने भएको छ। कार्यक्रममा प्रसिद्ध आध्यात्मिक व्यक्तित्व डा.योगी विकासानन्द गुरुजीले तनाव व्यवस्थापन, जीवनशैली व्यवस्थापन, सकारात्मक सोच, मानसिक शान्ति तथा ऊर्जामय जीवनका विषयमा विशेष प्रवचन दिनुहुने छ।

आयोजकका अनुसार दैनिक जीवनमा बढ्दो मानसिक तनाव र व्यस्तताबीच योग तथा सकारात्मक सोचको महत्वबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले सहभागीहरूलाई जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न, आत्मविश्वास अभिवृद्धि गर्न तथा मानसिक रूपमा सन्तुलित र ऊर्जावान जीवनयापन गर्न प्रेरणा दिने विश्वास गरिएको छ।

जीवनलाई सकारात्मक ऊर्जा, नयाँ उत्साह र आध्यात्मिक प्रेरणाले भरिपूर्ण बनाउने अवसरका रूपमा रहेको उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण भक्तजन, योगप्रेमी तथा सर्वसाधारणलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।

प्रतिकृया दिनुहोस