छिमेकी जिल्ला तनहुँमा सवारी दुर्घाटना हुदाँ २ जनाको मृत्यु र १० जना घाईते
छिमेकी जिल्ला तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।
भानु नगरपालिका–१०, नेपालीडाँडामा आइतबार मध्यान्ह पौने १२ बजे तनहुँको डुम्रेबाट लमजुङतर्फ आइरहेको बा२ख ४०२२ नम्बरको हाइस माइक्रोेबसले बेसीसहरबाट गइरहेको ग२६प ४०५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बेसीशहर–८ बस्ने अन्दाजी ३५ वर्षीय अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्कुटर चालक अन्दाजी ४१ बर्षीय दिपेन्द्र(सुरेश) श्रेष्ठ गम्भिर घाइते हुनुभएको छ । उहाँलाई भोटेवडार अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज (CMC) मा लगिएको छ । यस्तै दुर्घटनामा माइक्रोमा सवार मनाङको नासों गाउँपालिका ताचै स्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते घलेको सुन्दरबजार स्थित नमूना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घाटनामा घाइते ७ जनाको भोटेवोडार अस्पतालमा उपचार भइरहेको र ३ जनालाई चितवन लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभयो । माइक्रोबसको चालक फरार रहेको र उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ । माइक्रोमा १७ जना सवार रहेका थिए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।








प्रतिकृया दिनुहोस