आज : Friday, November 20, 2026 | २०८३ मङ्सिर ५ शुक्रबार

ल्याण्ड स्टार इङ्लिस स्कुलको १९औँ वार्षिकोत्सव तथा स्पोर्ट्स मिट सुरु

लमजुङको बेसीशहर नगरपालिका–८ मा रहेको ल्याण्ड स्टार इङ्लिस स्कुलले १९औँ वार्षिकोत्सवको अवसरमा आज विहिबारबाट स्पोर्ट्स मिट सुरु भएको छ ।
‘गुणस्तरीय जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नाराका साथ विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यार्थीको शारीरिक, मानसिक तथा सर्वाङ्गीण विकासका साथै खेलकुद प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।


स्पोर्ट्स मिटको पहिलो दिन सदनात्मक छात्र बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । जसमा ब्लु हाउस(Blue House)प्रथम र ह्वाइट हाउस(White House) द्वितीय हुन सफल भएका छन् ।
त्यसैगरी खुला छात्र र छात्रातर्फको १००, २०० र ४०० मिटरको दौडमा, सदनात्मक सिनियर तथा जुनियर छात्र–छात्रातर्फको १००×४ मिटर रिले दौड र खुला छात्रा टेबलटेनिस प्रतियोगितासमेत सम्पन्न भएका छन् ।
विद्यालयका प्रिन्सिपल ईश्वर पौडेलका अनुसार स्पोर्ट्स मिट आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ भने प्रतियोगितामा विजयी हुने विद्यार्थीहरूलाई मंसिर ६ गते आइतबार विद्यालयको विशेष वार्षिकोत्सवको समारोहमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताउनुभएको छ ।
 

प्रतिकृया दिनुहोस