आज : Tuesday, October 06, 2026 | २०८३ असोज २० मंगलबार

लमजुङमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, पहिलो दिन खुदी क्षेत्रमा अनुगमन

लमजुङ ।
लमजुङमा दशैं, तिहार, छठलगायत चाडपर्व नजिकिएसँगै चाडपर्व लक्षित बजार अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला बजार अनुगमन समितिले आइतबारदेखि बजार अनुगमन सुरु गरेको हो । अनुगमनको पहिलो दिन हिजो (आईतबार) मर्स्याङ्दी गाउँपालिका–३ खुदी क्षेत्रमा सञ्चालित ७ वटा व्यवसायको अनुगमन गरिएको छ ।

टोलीले एउटा फ्रेस हाउस, दुई होटल तथा रेस्टुरेन्ट र चार किराना पसलको अनुगमन गरेको हो । यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशन व्यवसायीले पालना गरेको पाइएको जिल्ला बजार अनुगमन समितिका फोकल पर्सन एवं जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले बताउनुभयो। 

जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा अनुगमन गरिएको हो । टोलीमा मर्स्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, एकीकृत सेवा कार्यालयका प्रतिनिधि कमल भण्डारी, जिल्ला प्रशासन कार्यालयका लेखापाल डम्मर खत्री, प्रहरी चौकी खुदीका प्रहरी जवान राजेन्द्र नकवालगायत उपस्थित हुनुहुन्थ्यो । लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाइका उपाध्यक्ष ऋषिराम बस्नेतलगायत पनि अनुगमनमा सहभागी हुनुभएको थियो । 

प्रतिकृया दिनुहोस