आज : Wednesday, November 18, 2026 | २०८३ मङ्सिर ३ बुधबार

सशस्त्र प्रहरी लमजुङका चन्द्रबहादुर अधिकारी ‘सोल्जर अफ द मन्थ’ घोषित

सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर लमजुङमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार चन्द्रबहादुर अधिकारी २०८३ साल कात्तिक महिनाको ‘सोल्जर अफ दी मन्थ’ घोषित हुनुभएको छ ।

आफूलाई सुम्पिएको जिम्मेवारी लगनशीलता, अनुशासन र इमानदारीपूर्वक तथा भरपर्दाे रुपमा निर्वाह गर्दै गोपनीयता कायम राखी उत्कृष्ट कार्यसम्पादन गरेको साथै  गुल्मको संस्थागत  उच्च योगदान पुर्‍याउनु भएकोले मूल्यांकनका आधारमा अधिकारीलाई उक्त सम्मान प्रदान गरिएको हो ।  

सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद १७, नियम १५७ को खण्ड (ग) बमोजिम अभिलेख किताबमा जनिने गरी उहाँलाई नगद पाँच सय रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको गुल्मका सशस्त्र प्रहरी निरक्षक तथा सूचना अधिकारी झपिन्द्र बानियाँले बताउनुभयो ।२०८३ मंसिर १ गते अधिकारीलाई गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले  प्रशंसा(पत्र प्रदान गर्नुभएको हो। सो अवसरमा उहाँले अधिकारीको उज्ज्वल भविष्य तथा सेवामा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप प्रदान गरिएको यस सम्मानले संगठनमा कार्यरत अन्य सशस्त्र प्रहरी कर्मचारीलाई समेत जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र समर्पित भएर काम गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस