आज : Wednesday, September 16, 2026 | २०८३ भदौ ३१ बुधबार

खोत्रोमा सुख्खा पहिरो खस्दा बेसीशहर–चामे सडक अवरुद्ध

लमजुङ ।
बेसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। बुधबार बिहान करिब ८ः३० बजे खसेको सुख्खा पहिरोका कारण मनाङबाट  बेसीशहर तथा  बेसीशहरबाट मनाङतर्फ जाने सवारीसाधन र पैदल यात्रुको आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।

पहिरोका कारण सडकमा आवतजावत ठप्प भएपछि यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्। पहिरो हटाएपछि मात्रै सडकमा नियमित यातायात सञ्चालन हुने अवस्था रहेको छ।   

प्रतिकृया दिनुहोस