देउराली आमा समूहद्वारा राहत कोषमा ३० हजार सहयोग
लमजुङ ।
लमजुङको बेँसीशहर नगरपालिका–९ साम्दी टोलस्थित देउराली आमा समूहले बाढीपहिरोपीडितका लागि ३० हजार २ सय ४० रुपैयाँ सहयोग गरेको छ।
समूहले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। विपद्का कारण प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम जम्मा गरिएको समूहले जनाएको छ।
विपद्को समयमा पीडितको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत रकम संकलन गरी कोषमा जम्मा गरिएको समूहले जनाएको छ।








प्रतिकृया दिनुहोस