मर्स्याङ्दी–८ स्थित बेलिब्रिजको क्षमता बढाएर ४० टन पुर्याईयो
लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ स्थित माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजनाको पावरहाउस नजिक निर्माण गरिएको बेलिब्रिजको क्षमता वृद्धि गरिएको छ।
माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजना (सिनो सगरमाथा हाइड्रोपावर कम्पनी) द्वारा निर्माण गरिएको उक्त बेलिब्रिजलाई दिव्यज्योति हाइड्रोपावर कम्पनी लिमिटेडले स्तरोन्नति गरी २० टनबाट ४० टन क्षमताको बनाएको हो।
क्षमता वृद्धि भएसँगै अब उक्त पुलबाट ३० देखि ४० टनसम्म क्षमताका सवारीसाधन आवतजावत गर्न सक्ने भएका छन्। पुलको मर्मत तथा स्तरोन्नतिको काम सम्पन्न भएसँगै सञ्चालनमा ल्याइएको जनाइएको छ।
बेलिब्रिजको क्षमता वृद्धि भएपछि मर्स्याङ्दी गाउँपालिका–८ लगायत माथिल्लो मर्स्याङ्दी क्षेत्रमा आवतजावत गर्ने ठूला सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ। पुलको स्तरोन्नतिले स्थानीयवासीसँगै जलविद्युत् आयोजना तथा निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनलाई समेत सुविधा पुग्ने भएको छ।







प्रतिकृया दिनुहोस