बाढीपीडितलाई मर्स्याङ्दी आमा समूहद्वारा ३० हजार १ सय ११ रुपैयाँ सहयोग
लमजुङ ।
लमजुङको बेसीशहर नगरपालिका–७ स्थित मर्स्याङ्दी आमा समूहले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३० हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। समूहले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो।
प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले सदस्यहरूबाट रकम संकलन गरी राहत कोषमा पठाइएको समूहले जनाएको छ।
समूहले विपद्को कठिन समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो क्षमताअनुसार सहयोग गरेको जनाएको छ। साथै, विपद्मा परेका नागरिकको सहयोगका लागि अन्य व्यक्ति, संघसंस्था तथा समुदायलाई पनि हातेमालो गर्न आग्रह गरेको छ









प्रतिकृया दिनुहोस