आज : Tuesday, September 01, 2026 | २०८३ भदौ १६ मंगलबार

सुरुङभित्र कुनैपनि मानिस फेला नपरेपछि फर्कियो नेपाली सेनाको टोली

काठमांडौ ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङबाट नेपाली सेनाको टोली फर्किएको छ । सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जानकारी गराएको छ  ।  

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो ।

उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।  

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो । 

प्रतिकृया दिनुहोस