आज : Monday, August 31, 2026 | २०८३ भदौ १५ सोमबार

तीज खर्च कटाएर सगरमाथा आमा समूहद्वारा बाढीपीडितलाई ४१ हजार १११ रुपैयाँ सहयोग

लमजुङ ।
रसुवा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लमजुङको दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित कुँवर गाउँको सगरमाथा आमा समूहले ४१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार जम्मा गरेको हो। 

तीज पर्वमा सामूहिक रूपमा दर खाने कार्यक्रमका लागि छुट्याइएको खर्च कटौती गरी विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरिएको समूहले जनाएको छ। बाढीपहिरोका कारण विभिन्न जिल्लामा जनधनको क्षति भइरहेका बेला पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको समूहको भनाइ छ। विपद्को यस दुःखद् घडीमा पीडितको पीडामा साथ दिनु सामाजिक दायित्व भएको भन्दै समूहले अन्य व्यक्ति तथा संघसंस्थालाई पनि सक्दो सहयोग गर्न आग्रह गरेको छ।

समूहले तीजलगायतका चाडपर्वमा हुने अनावश्यक खर्च कटौती गरी विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग गर्न सकिने सन्देशसमेत दिएको छ। 

प्रतिकृया दिनुहोस