आज : Saturday, August 15, 2026 | २०८३ श्रावण ३० शनिबार

रोल्पाको थवाङमा पहिरो जाँदा ३ जनाको ज्यान गयो 

काठमांडौ ।
लगातारको वर्षापछि खसेको पहिरोले रोल्पामा घरगोठ पुरिँदा ३ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोले ६ वटा घर गोठहरु पुरिंदा अरु ९ जना बेपत्ता छन् ।

दुई जनालाई घाईते अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ । गएराति पौने ९ बजे घरमाथिबाट अचानक पहिरो खसेको पहिरोले ६ वटा घर तथा गोठ पुरेको प्रारम्भिक विवरण छ । 

हिजो बेलुकी पौने ९ बजेतिर खसेको पहिरोमा परी थबाङ गाउँपालिका–५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुनमगर र ७१ वर्षीया मनरखी पुनमगरको ज्यान गएको छ । त्यस्तै, पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् ।  

प्रतिकृया दिनुहोस