मर्स्याङ्दी गाउँपालिकाले मासिक ५० युनिटसम्म विद्युत निःशुल्क उपलब्ध गराउने, निवेदन दिन आह्वान
लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी रूपमा बसोवास गर्ने घरपरिवारलाई मासिक ५० युनिटसम्म निःशुल्क विद्युत सुविधा उपलब्ध गराउने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमअन्तर्गत ‘उज्यालो मर्स्याङ्दी’ कार्यक्रम र ‘मर्स्याङ्दी गाउँपालिका निःशुल्क विद्युत सुविधा सम्बन्धी ऐन,२०८३’ बमोजिम उक्त सुविधा प्रदान गर्न लागिएको हो।
उक्त सुविधामा आवद्ध हुन गाउँपालिकाबासीले वडा कार्यालयमा अनिवार्य रूपमा निवेदन दिनुपर्नेछ। नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम ग्राहस्थ वर्गीकरणमा पर्ने मर्स्याङ्दी गाउँपालिकाभित्रका विद्युत उपभोक्ताहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा अनिवार्य रूपमा निवेदन दिनुपर्नेछ।
निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।









प्रतिकृया दिनुहोस