आज : Wednesday, November 04, 2026 | २०८३ कार्तिक १९ बुधबार

लमजुङको खुदीमा मंसिर ४ देखि एकादशी मेला तथा खेलकुद–सांस्कृतिक कार्यक्रम हुने

लमजुङ ।
लमजुङलमजुङको मस्र्याङ्दी गाउँपालिका–३, खुदीमा आगामी मंसिर ४ गतेदेखि हरिबोधनी एकादशी मेला तथा खेलकुद–सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। खुदी युथको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम १० दिनसम्म चल्ने आयोजकले जनाएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी मेलाको कार्यक्रम तथा आकर्षणबारे जानकारी गराएको हो। मेलाको मूल नारा “विविधतामा एकता हाम्रो पहिचान, इतिहास, धर्म संस्कृतिको संरक्षण हाम्रो अभियान” रहेको छ।

मेलाअन्तर्गत खुला पुरुष फुटबल प्रतियोगिता, वडास्तरीय क्लब पुरुष भलिबल प्रतियोगिता, खुला छेलो प्रतियोगिता, महिला कुर्र्सी दौडलगायत विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुनेछन् ।
खेलकुदतर्फ खुला पुरुष फुटबल प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी वडास्तरीय क्लब पुरुष भलिबल प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। खुला छेलो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

सांस्कृतिक कार्यक्रमअन्तर्गत फूलको डोली तान्ने तथा भजनकीर्तन, एकादशी सांस्कृतिक साँझ, राष्ट्रिय कलाकार अर्जुन सापकोटा तथा स्थानीय कलाकार प्रशान्त तामाङको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै कृषि प्रदर्शनी तथा खरिदबिक्री कार्यक्रम पनि मेलाको आकर्षणका रूपमा रहनेछ ।

कार्यक्रमको सामाजिक उत्तरदायित्वअन्तर्गत खुदी स्वास्थ्य चौकीको समन्वयमा निःशुल्क मृगौला परीक्षण शिविरसमेत सञ्चालन गरिनेछ । आयोजकका अनुसार मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न मस्र्याङ्दी गाउँपालिका मुख्य प्रायोजक तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ सहप्रायोजकका रूपमा रहेका छन् ।

आयोजकले स्थानीय कला, संस्कृति, परम्परा तथा खेलकुदको प्रवद्र्धन गर्दै पर्यटन विकासमा समेत टेवा र्पुयाउने उद्देश्यले मेला आयोजना गर्न लागेको जनाएको छ। मेलामा सहभागी भई कार्यक्रम सफल बनाउन आयोजकले सम्पूर्ण स्थानीयवासी, खेलप्रेमी, कलाकार तथा आम सर्वसाधारणलाई आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस