आज : Saturday, August 08, 2026 | २०८३ श्रावण २३ शनिबार

राजु परियार र बालकाशी गुरुङको स्वरमा गुरुङ भाषाको नयाँ गीत रेकर्ड

लमजुङ ।
लोकगायक राजु परियार र बालकाशी गुरुङको स्वरमा गुरुङ भाषाको नयाँ गीत ‘क्याँजा आयादो‘’ रेकर्ड गरिएको छ। राजु परियारकै शब्द तथा संगीत रहेको गीत छिट्टै सार्वजनिक गरिने तयारी गरिएको छ।

काठमाडौंको अनामनगरस्थित फाइन ट्युन रेकर्डिङ स्टुडियोमा बिहीबार गुरुङ भाषाको नयाँ गीत ‘क्याँजा आयादो‘’ रेकर्ड गरिएको छ। गीतमा लोकगायक राजु परियार र बालकाशी गुरुङको स्वर रहेको छ। गीतको शब्द तथा संगीत राजु परियारकै रहेको छ भने संगीत संयोजन तेजेन्द्र गुरुङले गर्नुभएको छ।

निर्माण पक्षका अनुसार गुरुङ समुदायको भाषा र संस्कृतिलाई समेटेर तयार गरिएको उक्त गीतको रेकर्डिङ सम्पन्न भइसकेको छ। गीतको अडियो तथा भिडियो छिट्टै सार्वजनिक गरिने जनाइएको छ।  

प्रतिकृया दिनुहोस