'पेन्सन पट्टा' को प्रचार प्रसार गर्दै चलचित्र टिम लमजुङमा
लमजुङ ।
माओत्से गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टाको प्रचार गर्दै चलचित्र टिम लमजुङ आएको छ । आउँदो भदौ २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्मले प्रचारप्रसारको क्रममा लमजुङ आईपुगेको हो । शनिबार लमजुङको सदरमुकाम बेसिसहरमा पत्रकार भेटघाट गर्दै चलचित्रबारे जानकारी गराएको छ ।
लाहुरे समाजको परिवेश, मौलिक गुरुङ संस्कृति र मानवीय संवेदनालाई पर्दामा उतार्ने प्रयास गरिएको निर्देशक माओत्से गुरुङले बताउनुभयो । गुरुङ समुदायमा आधारीत रहेर तयार पारिएको भएपनि चलचित्रले सबै समुदायका दर्शक तान्ने निर्देशक गुरुङको विश्वास छ।
निर्देशक माओत्से गुरुङले पेन्सन पट्टाले अवकाश प्राप्त गरिसकेका भुपु सैनिकहरुको जीवनको कथा, उनीहरुको विगतको प्रेम नजिकबाट नियाल्न सकिने बताउनुभयो । लाहुरे सस्कृतिको चर्चा गरिएपनि चलचित्रमा बहादुरी भन्दा माया प्रेम र अवकाश पछिको जीवनको कथा पस्कने प्रयास गरिएको उहाँको भनाई छ । निर्देशक गुरुङका अनुसार फिल्मको सबैभन्दा बलियो पक्ष अव्यक्त प्रेम हो। यस्तो प्रेम, जुन मनभित्र त हुन्छ तर परिस्थितिले कहिल्यै शब्दमा व्यक्त हुन सक्दैन। अहिले प्रेमको परिभाषा बदलिँदै गइरहेको समयमा यो फिल्मले प्रेमको अर्को आयामलाई दर्शकमाझ प्रस्तुत गर्ने विश्वास उहाँको छ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, स्वर्गीय सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, मनिका गुरुङ लगायतको अभिनय छ ।
छायांकन सुशन प्रजापति, सम्पादन निमेश श्रेष्ठ र केर डी. कोइच लिनुच, कलर ग्रेडिङ राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिन्क साउन्ड नवीन श्रेष्ठ, ब्याकग्राउन्ड स्कोर रोहित शाक्य, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गर्नुभएको छ। झण्डै एक करोड ७० लाखको लागतमा निर्माण गरिएको यस चलचित्रको निर्माता मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ हुन्। चलचित्रमा कास्कीको सिकलेस, ताङतिङ, मादी लगायतका ठाउँहरुको दृश्य देख्न सकिने छ ।









प्रतिकृया दिनुहोस