बेंसीशहरमा जेठ १९ गते शनिबार चलचित्र ‘जिउनी’ प्रदर्शन हुँदै
लमजुङ सदरमुकाम बेंसीशहरमा गुरूङ सँस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘जिउनी’ प्रदर्शन हुने भएको छ ।
काठमाडौं, चितवनलगायत ठाउँमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र जिउनी बेंसीशहरमा जेठ १९ गते शनिबार प्रदर्शन हुने भएको हो । बेंसीशहरको बरन्डा रेष्ट्रो एन्ड इभेन्टसमा शनिबार मध्यान्ह १२ बजे र दिउँसो ३ बजे चलचित्र प्रदर्शन गरिने चलचित्रका सहनिर्देशक एवं परिकल्पनाकार टेक गुरुङले बताउनुभयो ।
जलकन्या फिल्मस प्रोडक्सन प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्र ‘जिउनी’ गोठबहादुर गुरुङ र रसमाया गुरुङदम्पत्तिले निर्माण गर्नुभएको हो । जनक गुरुङको निर्देशनमा निर्माण गरिएको यो चलचित्रमा कथाकार समेत रहनुभएका टेक गुरुङ, जनक गुरुङ, अशोक गुरुङ, आकृति गुरुङ, आनन्द गुरुङ, अञ्जु गुरुङ, रविन गुरुङ, गढुलधोज गुरुङ, हरिमाया गुरुङ, माया गुरुङ लगायतका कलाकारहरले अभिनय गरेका छन् ।
सामाजिक विषयवस्तुलाई मुख्य कथा बनाएर निर्माण गरिएको चलचित्र जिउनीमा मार्मिक तथा सन्देशमुलक विषयलाई उठान गरिएको छ । गुरुङ सँस्कृतिमा आधारित भए पनि यसले सिंगो नेपाली सँस्कृति बोकेको चलचित्र युनिटले जनाएको छ ।








प्रतिकृया दिनुहोस