लमजुङकी सलोमी गुरुङलाई नेपाल आइडलमा जिताउन आग्रह
गायिका सलोमी गुरुङलाई नेपाल आइडलको पाँचौ संस्करणमा विजेता बनाउन देशविदेशमा अभियान थालिएको छ ।
नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट ८ सम्म आइपुगेकी गायिका गुरुङलाई विजेता बनाउन पोखरासहित देश तथा विदेशमा सलोमी गुरुङ जिताउ अभियान सुरु गरिएको हो ।
लमजुङको क्व्होलासोथार गाउँपालिका ७, कुमलुङ घर भइ हाल पोखरा महानगरपालिका १३, बिपी मार्गमा बस्दै आउनुभएका उहाँलाई विजयी बनाउन सलोमी गुरुङ जिताऔं अभियानले आग्रह गरेको छ ।
नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट ८ मा अहिलेसम्म गायनकलाले अगाडी देखिएकोमा अब भोटले सघाउनुपर्ने भएपछि देशभिदेशमा अभियान थालिएको हो ।
सलोमीलाई जिताउन पोखरामा नरेशकुमार गुरुङको संयोजकत्वमा समिति नै गठन गरिएको छ । सलोमीलाई जिताउन गुरुङ समुदायसँग सम्बन्धित संघसंस्थाले सहयोग अभियान थालेको समितिका सचिव टसबहादुर गुरुङले बताउनुभयो ।
नेपाल आइडलको उत्कृष्ट ८ मा पुगेकी सलोमी गुरुङलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर भोट गर्न सकिन्छ । साथै मोवाइलको म्यासेस बक्समा १२ टाइप गरेर ३७००० मा एसएमएस पठाएर भोटिङ गर्न सकिने अभियान्ता बालकाशी गुरुङले बताउनुभयो ।
सलोमी गुरुङलाई नेपाल आइडलमा जिताउन पोखरामा पत्रकार सम्मेलनको समेत आयोजना गरिएको थियो ।








प्रतिकृया दिनुहोस