कालिका तीनधारे आमा समूहद्वारा बाढीपीडितलाई ५१ हजार सहयोग
लमजुङ ।
लमजुङको बेंसीशहर नगरपालिका–३ गाउँशहरस्थित कालिका तीनधारे आमा समूहले रसुवा भोटेकोशी बाढीपीडितका लागि ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
समूहले तीजमा हुने खर्च कटौती गरी सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।
तीजको दर खाने कार्यक्रमको खर्चसमेत कम गरेर बचत भएको रकम विपदमा परेकाहरूको सहयोगका लागि प्रदान गरिएको समूहले जनाएको छ । वडा महिला सञ्जाल तथा आमा समूहकी पूर्वअध्यक्ष शर्मिला थापाका अनुसार विपद्को समयमा अनावश्यक खर्च कटौती गरी पीडितको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको र उद्धार कोषमा सम्मा गरिएको छ ।







प्रतिकृया दिनुहोस