आज : Monday, September 07, 2026 | २०८३ भदौ २२ सोमबार

क्व्होलासोथारका कर्मचारीद्वारा भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण

लमजुङ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा लमजुङको क्व्होलासोथार गाउँपालिकामा कार्यरत कर्मचारीहरूले मौनधारणसहित श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरूले सोमबार कार्यालय समयअघि मौनधारण गरी बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गरेका हुन् । उनीहरूले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्मचारीहरूले विपद्का कारण प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस