बेँसीशहरमा जारी सातौँ नगर कपमा बिहिबार तीन खेल सम्पन्न, शुक्रबार सेमिफाइनलका खेलहरु हुने
लमजुङ ।
लमजुङको बेँसीशहर नगरपालिकामा जारी सातौँ नगर कप–२०८३ वडा स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत बिहिबार तीन खेल सम्पन्न भएका छन्। बेँसीशहर नगरपालिका र नगर खेलकुद विकास समितिको आयोजनामा बेँसीशहरस्थित सहजी खेल मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन तीन खेल भएका हुन्।
बिहिबार बिहान १० बजे वडा नं. ११ र ६ बिच भएको खेल २-२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा वडा नं. ११ ले जित निकालेको छ । यस्तै दिनको दोस्रो खेलमा वडा नं. ८ र ४ बीच प्रतिष्पर्धा भएको थियो जसमा २-० गोलसहित वडा नं. ८ ले जित निकालेको छ । भने तेस्रो खेल वडा नं. १ र ५ बीच भएको थियो । जसमा ६-१ गोलसहित वडा नं. १ ले शानदार जित निकालेको छ ।
भोली शुक्रबार सेमिफाईनलका खेलहरु हुने सुनिल खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो सेमिफाइनल खेल बिहान ११ बजे वडा नं. ८ र २ बीच हुने छ । भने दोस्रो सेमिफाईनल खेल वडा नं. १ र ५ बीच हुने छ ।
स्वास्थ्य, अनुशासन र गतिशीलतालाई प्रवर्द्धन गर्दै स्थानीय खेलाडीलाई प्रोत्साहन तथा प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा बेँसीशहर नगरपालिकाका ११ वटै वडाका टोली सहभागी छन्। मंसिर १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले नगद एक लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेस्ट फरवार्ड, बेस्ट डिफेन्स, बेस्ट स्ट्राइकर र बेस्ट मिडफिल्डरलाई जनही पाँच हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।








प्रतिकृया दिनुहोस