राइनास नगरपालिकामा एमालेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
लमजुङ ।
नेकपा (एमाले) राइनास नगरपालिका कमिटीले दशैँ तिहार तथा छठ लगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ। राइनास नगरपालिका वडा नं. ८ पाङ्ग्रेस्थित बहुउद्देश्शीय हलमा नेपाली कम्युनिष्ठ पार्टीका नेता कार्यकर्ताहरुलाई समेत बोलाएर शूभकामना आदान प्रदान तथा चियापान गरेको हो ।
कमिटीका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । वाम सहकार्य अघि बढाउने उद्देश्यसहित नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुबीच संयुक्त रुपमा शूभकामना आदान प्रदान गरिएको जनाईएको छ ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्यद्वय सिंह बहादुर थापा र रन्जित कुमाल, नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश कमिटि सदस्य देउ बहादुर पौडेल, नेकपा एमाले जिल्ला कमिटि लमजुङका अध्यक्ष राज कुमार विष्ट, जिल्ला कमिटि सदस्यहरु सुवास पौडेल, पूर्ण बहादुर गुरुङ, रामचन्द्र भट्ट, गोपाल नेपाली, विष्णु विक, जीवन श्रीमल, हरी चिलुवाल, गोविन्द राज न्यौपाने, ध्रुव अकेला, नेपाली कम्युनिष्ट पार्टी राईनास नगर कमिटिका संयोजक प्रमोद दवाडी सहित सहसंयोजक, सचिव लगायत नेकपा एमाले र नेकपाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रमले स्वागत नेकपा एमाले राईनास नगर कमिटि उपसचिव प्रदिप जंग गुरुङले गर्नुभएको थियो भने संचालन नगर कमिटि सचिव अनन्त त्रिपाठीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न पर्वले सामाजिक सद्भाव, आपसी एकता र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।







प्रतिकृया दिनुहोस