आज : Wednesday, October 14, 2026 | २०८३ असोज २८ बुधबार

बेशीसहर नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम निकासा

लमजुङ ।
लमजुङको बेसीशहर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको बैंक खातामा रकम जम्मा भइसकेको जानकारी सम्बन्धित लाभग्राहीसम्म पुर्‍याउन आग्रह गरेको छ। नगर कार्यपालिकाको कार्यालय, बेसीशहर लमजुङले आर्थिक वर्ष २०८३/०८४ को पहिलो किस्ताअन्तर्गत दलित बालबालिकाबाहेक अन्य शीर्षकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीहरूको बैंक खातामा रकम जम्मा भइसकेको जनाएको छ।

नगरपालिकाले वडा कार्यालयहरूलाई सम्बन्धित लाभग्राहीहरूलाई जानकारी गराई भत्ता प्राप्त गर्न सहजीकरण गरिदिन अनुरोध गरेको हो। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहोराद्वारा हस्ताक्षरित पत्रमा सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई सहज बनाउन सम्बन्धित वडा कार्यालयहरूलाई आग्रह गरिएको छ।  

प्रतिकृया दिनुहोस