आज : Monday, October 12, 2026 | २०८३ असोज २६ सोमबार

बेँसीसहरमा ट्रेकर्स हाइड्रेसन स्पा एण्ड स्यालोन सञ्चालनमा

लमजुङ। अन्नपूर्ण चक्रीय पदमार्गमा जाने पर्यटकलाई लक्षित गरी लमजुङको सदरमुकाम बेँसीसहरमा ट्रेकर्स हाइड्रेसन स्पा एण्ड स्यालोन सञ्चालनमा आएको छ।

बेँसीसहर नगरपालिका–७, मनाङे चौतारामा आइतबारदेखि सञ्चालनमा आएको स्यालोनको एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख ठाकुर ढकालले उद्घाटन गर्नुभएको हो।

लमजुङका दुई युवाहरु युवक गुरुङ र निरज अधिकारीको संयुक्त लगानीमा करिब ३० लाख रुपैयाँको लागतमा स्यालोन स्थापना गरिएको हो। फर्निचर व्यवसायमा संलग्न गुरुङ र सञ्चार क्षेत्रमा काम गरेका अधिकारीले स्वदेशमै व्यवसाय गर्ने उद्देश्यले यसलाई सञ्चालनमा ल्याएका हुन्।

स्यालोनमा स्पा मसाज, साउना, स्टिम, महिला तथा पुरुषको कपाल काट्ने, कलर गर्ने र मेकअपलगायत सेवा उपलब्ध छन्। हाल तीन जनालाई रोजगारी दिएको स्यालोनले थप दुई जनालाई रोजगारी दिने तयारी गरेको सञ्चालकले गुरुङले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस