माथिल्लो त्रिशूली– १ मा थप ११ वटा शव फेला
काठमांडौ ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शनिबार थप ११ वटा शव फेला परेका छन् । नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ ।
उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी जारी छ । उक्त टनेलमा थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।








प्रतिकृया दिनुहोस