आज : Saturday, September 12, 2026 | २०८३ भदौ २७ शनिबार

भोटेकोशी बाढीः हालसम्म १ हजार ३८५ जनाको शव भेटियो, ५ हजार १३० सम्पर्कविहीन  

तस्वीः नेपाल प्रहरी

काठमांडौ ।
भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ३८५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव भेटिएको छ । 

नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८५, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको हो । काठमाण्डौमा उपचारका क्रममा २ जनाको ज्यान गएको छ ।

प्राधिकरणका अनुसार अझै ५ हजार १३० जना सम्पर्कविहीन छन् । बाढीमा परेर ३३७ जना घाइते भएका छन् भने २६१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

अहिलेसम्म १३ हजार ६७६ जनाको उद्धार भएको छ । अहिले नुवाकोटका होल्डिङ सेन्टरमा २ हजार ६१५ जना, रसुवामा ७७५ र धादिङमा २९५ जना रहेका छन् ।

भोटेकोशी बाढीको आज १७औँ दिन खोज, उद्धार तथा राहतको काम भइरहेको प्राधिकरणले जनाएको छ ।   

प्रतिकृया दिनुहोस