आज : Monday, August 17, 2026 | २०८३ भदौ १ सोमबार

जन्मदिनमा सुवास पोखरेलद्वारा सर्वोदय सेवाश्रम धर्मनाथ धाममा आर्थिक सहयोग

लमजुङ ।
लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउँदी निवासी सुवास पोखरेलले आफ्नो जन्मदिन मानविय सद्भाव र सेवाभावका साथ मनाउनुभएको छ।

पोखरेलले आफ्नो जन्मदिनका अवसरमा हजुरआमा कौमाया पोखरेल, बुबा शिवकुमार पोखरेल, आमा मैपया देवी पोखरेल तथा साथीभाइ सन्देश पोखरेलसँगै सर्वोदय सेवाश्रम धर्मनाथ धाममा पुगेर आर्थिक सहयोगसँगै आश्रमका बाबाआमाहरूबाट आशीर्वाद ग्रहण गरेर जन्मदिन मनाउनु भएको हो । 

जन्मदिनको अवसरमा उहाँले आश्रमलाई नगद १० हजार रुपैँया सहयोग गर्नुभयो ।  जन्मदिनलाई भड्किलो रूपमा नभई सामाजिक सेवा र मानवीय सद्भावसँग जोडेर मनाएको भन्दै उहाँको यस कार्यको प्रशंसा गरिएको छ।

आश्रमले पोखरेलको सरु)स्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दै जन्मदिनलाई सेवामूलक कार्यसँग जोडेर मनाएकोमा धन्यवाद ज्ञापन गरेको छ।

साथै, पोखरेल तथा उहाँको सम्पूर्ण परिवारमा सदैव भोलेनाथको कृपा र आशीर्वाद रहिरहोस् भन्ने कामना गरिएको छ। 

प्रतिकृया दिनुहोस