बेँशीसहरमा अफ्रिकन स्वाइन फिभरबाट क्षति भएका व्यवसाय पुनःस्थापनामा नगरपालिकाले साथ दिने
लमजुङ ।
लमजुङको बेँशीशहर नगरपालिकाले अफ्रिकन स्वाइन फिभर (एएसएफ) रोगबाट क्षति भएका व्यवसाय पुनःस्थापनाका लागि सहयोग गर्ने भएको छ।
नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले आर्थिक वर्ष २०८२/८३ मा एएसएफ रोगबाट क्षति भएका व्यवसायलाई लक्षित गर्दै पुनःस्थापना सहयोग कार्यक्रम सञ्चालन गर्न लागेको हो।
कार्यक्रमका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ। सहयोग प्राप्त गर्न इच्छुक कृषक, कृषि फर्म तथा कृषक समूहले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् भदौ १५ गतेसम्म आवेदन पेश गर्नुपर्नेछ।
आवेदनसँग नेपाली नागरिकताको प्रतिलिपि, फर्म दर्ता तथा कर चुक्ता प्रमाणपत्र, क्षति भएको देखिने फोटो र क्षतिको विवरण खुल्ने प्रहरी मुचुल्का पेश गर्नुपर्नेछ।
गत आर्थिक वर्षमा एएसएफ रोगबाट क्षति भएका व्यवसायलाई मात्र कार्यक्रममा सहभागी हुन योग्य हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहोराद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
नगरपापालिकाले व्यवसाय पुनःस्थापनाका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।



.jpeg)




प्रतिकृया दिनुहोस