‘उज्यालोका पाइलाहरु’ पुस्तक विमोचन, गणित शिक्षामा नयाँ योगदान पुग्ने अपेक्षा
लमजुङ ।
लामो समयको अनवरत प्रयासपछि मनबहादुर गुरुङद्वारा लिखित तथा सम्पादित ‘उज्यालोका पाइलाहरु’ पुस्तक विमोचन गरिएको छ। शिक्षा शाखा प्रमुख तथा HEADs नेपालका रामकृष्ण शर्माको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानाध्यापक उमाकान्त देवकोटा र कृति समीक्षक तथा गणित विषय विज्ञ पूर्व प्रशासक किसानराज चिलुवालको उपस्थितिमा पुस्तक विमोचन गरिएको हो।
कार्यक्रममा शैक्षिक, सामाजिक तथा प्रशासनिक क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा आईजीपी मोती गुरुङ, वरिष्ठ पाइलट ओम गुरुङ, पूर्व शिक्षक प्रेमप्रसाद दवाडी, अधिवक्ता कृष्ण पोखरेल, रमेश पराजुली, प्रिन्सिपल विष्णु विक्रम दवाडी, लेक्चरर बाबुराम विक, डा। राजु गुरुङ, प्रिन्सिपल सहजकुमार घले, शिक्षक सैयादिन मिया, पूर्व उपसचिव नारायण न्यौपाने, बुद्धिमान गुरुङलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन भीमकुमार गुरुङले मर्यादित तथा सुमधुर शैलीमा गर्नुभएको थियो। स्वागत मन्तव्य राख्दै सहजकुमार घलेले ‘उज्यालोका पाइलाहरु’का सर्जक मनबहादुर गुरुङलाई आगामी दिनमा अझ परिष्कृत साहित्यिक रचनाका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले कृतिले शैक्षिक क्षेत्रमा थप उचाइ हासिल गर्नुका साथै विद्यार्थी वर्गका लागि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो।
शुभकामना मन्तव्य राख्दै अधिवक्ता कृष्ण पोखरेलले विद्यार्थी वर्गमा अध्ययनका लागि आवश्यक सामग्रीको अभाव देखिएको अवस्थामा ‘उज्यालोका पाइलाहरु’ फरक शैलीको उपयोगी शैक्षिक सामग्री बन्न सक्ने बताउनुभयो। उहाँले पुस्तकलाई सकेसम्म धेरै विद्यार्थीको हातमा संस्थागत रूपमा पुर्याउनुपर्नेमा जोड दिँदै यसको वितरणमा आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालय–विद्यालय पुगेर मात्र सिकाइ गराउनेभन्दा विवेक, प्रविधि र उपयोगी शैक्षिक सामग्रीको प्रयोगबाट विद्यार्थीलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
त्यस्तै, कृति समीक्षक तथा गणित विषय विज्ञ पूर्व प्रशासक किसानराज चिलुवालले पुस्तकका विभिन्न शीर्षक, परिच्छेद तथा पाठका विषयमा चर्चा गर्दै गणितजस्तो कठिन मानिने विषयमा विद्यार्थीको सिकाइलाई सहज बनाउन यो कृति कोशेढुङ्गा बन्न सक्ने बताउनुभयो। गणित विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेको सन्दर्भमा पुस्तकले विद्यार्थी, शिक्षक, अभिभावक तथा गणितप्रति रुचि राख्ने सम्पूर्ण बौद्धिक वर्गलाई व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
चिलुवालले पुस्तकमा मनोरञ्जनात्मक शैलीमा विभिन्न शीर्षकमा विभाजित संवादात्मक पाठ्य सामग्री समावेश गरिएको उल्लेख गर्दै यसले पाठकलाई दैनिक जीवनमा आवश्यक व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै गणितीय सिकाइ अभिवृद्धि गर्न सहयोग पुर्याउने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानाध्यापक उमाकान्त देवकोटाले कृतिका सर्जक मनबहादुर गुरुङ आफ्ना मेधावी तथा असल विद्यार्थी भएको स्मरण गर्दै उहाँभित्र रहेको सिर्जनशीलताको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। उहाँले ‘उज्यालोका पाइलाहरु’ले शैक्षिक जगत्मा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गर्नुभयो।
देवकोटाले सर्जक गुरुङले यसअघि निर्माण गर्नुभएको ‘उज्यालो’ चलचित्रले नेपालको विविध सांस्कृतिक पहिचानलाई उजागर गरेको स्मरण गर्दै अहिले प्रकाशित ‘उज्यालोका पाइलाहरु’ले शैक्षिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। गुरु–शिष्यबीचको आत्मीय सम्बन्ध र आदरको भावना व्यक्त गर्दै उहाँले आफ्ना एक असल विद्यार्थीले सिर्जनशील क्षेत्रमा अघि बढेर कृति प्रकाशन गरेकोमा खुसी व्यक्त गर्नुभयो। आगामी दिनमा समाजमा सकारात्मक छाप छोड्ने गरी निरन्तर कलम चलाउन उहाँले सर्जक गुरुङलाई शुभकामना दिनुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा ज्भ्ब्म्क् नेपालका शिक्षा शाखा प्रमुख रामकृष्ण शर्माले ‘उज्यालोका पाइलाहरु’ विशुद्ध नयाँ शैली र ढाँचामा तयार भएको कृति भएको बताउनुभयो। उहाँले बदलिँदो परिवेशमा विद्यार्थीलाई व्यावहारिक तथा सीपमूलक आधारभूत गणितीय ज्ञान प्रदान गर्न पुस्तक उपयोगी हुने उल्लेख गर्दै शैक्षिक संस्था, शिक्षक तथा विद्यार्थीसमक्ष कृति यथासम्भव छिटो पुर्याउनुपर्नेमा जोड दिनुभयो।
शर्माले पुस्तकलाई शैक्षिक संवादका रूपमा अडियो माध्यमबाट समेत धेरै पाठक तथा श्रोता समक्ष पुर्याउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यो कृति सर्जकको २१ वर्षे शिक्षण अनुभव, विभिन्न विद्यालय, विविध स्वभावका विद्यार्थी तथा फरक–फरक रुचि भएका सरोकारवालाका भावनाको सँगालो भएको बताउनुभयो। गणित शिक्षणलाई थप सहज र प्रभावकारी बनाउन यस्ता समयसापेक्ष कृतिहरूले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
सर्जक मनबहादुर गुरुङको जीवनयात्रा पनि शिक्षा र सिर्जनशीलतासँग जोडिएको छ। गोरखाको सिरान्चोक गाउँपालिका–२, ओख्रेनी सिम्लेमा २)२८ साल मंसिर ( गते जन्मनुभएका गुरुङ २)२( सालमा परिवारका साथ लमजुङको राइनास नगरपालिका–१, बोराङखोलामा बसाइँ सरेर आउनुभएको थियो। उहाँले कक्षा १ देखि ८ सम्मको शिक्षा राइनास–१, साहिलीटारस्थित श्री ज्ञानोदय माध्यमिक विद्यालयबाट तथा कक्षा ( र १) को शिक्षा पालुङ्टार नगरपालिका–५, ठाँटीपोखरी, गोरखास्थित भवानी माध्यमिक विद्यालयबाट हासिल गर्नुभएको हो। उहाँले गणित विषयमा बी।ए। तथा बी।एड। तहको उच्च शिक्षा हासिल गर्नुभएको छ।
सामान्य पारिवारिक पृष्ठभूमिमा हुर्किनुभएका गुरुङको बाल्यकाल राइनास–१ को बोराङखोला, चेपे नदी, साहिलीटार, लामबगैँचालगायतका क्षेत्रमा बितेको थियो। उहाँका बुबा स्वर्गीय कृष्णबहादुर गुरुङ र आमा स्वर्गीय ममता गुरुङ हुनुहुन्छ भने जीवनसंगिनी उमा गुरुङ हुनुहुन्छ। उहाँका सन्तान प्रविता गुरुङ, बबिता गुरुङ र प्रविन गुरुङ रहेका छन्।
गुरुङले विभिन्न सरकारी तथा निजी विद्यालयमा लामो समयसम्म गणित विषयको अध्यापन गर्नुभएको छ। २१ वर्षे शिक्षण अनुभवका क्रममा विद्यार्थीका फरक–फरक स्वभाव, रुचि र सिकाइ शैलीलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको र त्यही अनुभवलाई ‘उज्यालोका पाइलाहरु’मा समेटिएको जनाइएको छ।
गणित विषयलाई विद्यार्थीका लागि सहज, व्यवहारिक र रुचिकर बनाउने उद्देश्यले तयार गरिएको पुस्तकमा विभिन्न शीर्षक र संवादात्मक शैलीमार्फत गणितीय ज्ञान तथा व्यावहारिक सिकाइलाई प्रस्तुत गरिएको छ। पुस्तकको आवरणमा उल्लेख भएअनुसार, ‘दिमागलाई कसरत, जीवनलाई संस्कार’ भन्ने भावनासहित कृतिले विद्यार्थीमा तार्किक अभ्यास र व्यावहारिक ज्ञान विकास गर्न खोजेको छ।
सर्जक गुरुङ साहित्य तथा चलचित्र क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ। उहाँ ‘उज्यालो’ चलचित्रका कथाकार तथा निर्माता र ‘युरी’ चलचित्रका कथाकार समेत हुनुहुन्छ। यसरी शिक्षणसँगै सिर्जनशील क्षेत्रमा समेत सक्रिय रहनुभएका गुरुङले आफ्नो लामो शिक्षण अनुभव र सिर्जनात्मक यात्रालाई नयाँ कृतिका रूपमा प्रस्तुत गर्नुभएको हो।
यसैबीच, ‘उज्यालोका पाइलाहरु’ पुस्तकको बिक्रीबाट प्राप्त आम्दानीको १0 प्रतिशत हिस्सा बौद्धिक अपाङ्गता तथा सुस्तमनस्थिति भएका असहाय व्यक्तिहरूको सहयोगार्थ समर्पण गरिने पुस्तकमा उल्लेख गरिएको छ। यसले पुस्तकलाई शैक्षिक सामग्रीका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वसँग समेत जोडेको छ।
कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले कृतिको सफलताको शुभकामना व्यक्त गर्दै ‘उज्यालोका पाइलाहरु’ले गणित शिक्षणलाई सहज, व्यवहारिक र रुचिकर बनाउन तथा विद्यार्थीको सिकाइमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
लामो समयको शिक्षण अनुभव, विद्यार्थीप्रतिको आत्मीयता, गणित विषयलाई सहज बनाउने प्रयास र सिर्जनशील सोचको संयोजनका रूपमा आएको ‘उज्यालोका पाइलाहरु’ले शैक्षिक क्षेत्रमा नयाँ बहस र सिकाइको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।







प्रतिकृया दिनुहोस