राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङद्वारा आयोजित रक्तदानमा २१ युनिट रगत संकलन
लमजुङ ।
शनिबार बेँशीसहरमा आयोजित रक्तदानमा २१ युनिट रगत संकलन भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजनामा भएको रक्तदानमा २१ युनिट रगत संकलन भएको हो ।
राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय अध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यतामा नेकपा एमाले जिल्ला कमिटी लमजुङको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय अध्यक्ष महाराज गुरुङले युवा संघलाई बिरोध गर्ने मात्र संगठन भएको भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसको खण्डन गर्नुभयो । उहाँले युवा संघ सामाजिक कार्यमा सक्रिय संगठन भएको बताउनुभयो । आगामी भदौ महिना भित्र युवा संघको जिल्ला अधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभयो । आगामी स्थानिय र प्रदेशको निर्वाचनलाइ सहयोग पुग्नेगरी वातावरण सिर्जना गर्न र क्रीयाशील रहन उहाँको निर्देशन छ।
अध्यक्ष गुरुङले नेपाली जनतालाइ सामाजिक सन्जालको सहयोगमा भ्रम सिर्जना गरेर सत्तामा आएको बालेन नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको उल्लेख गर्नुभयो । बालेन सरकारले छिमेकी देशहरुसँग सुमधुर सम्बन्ध बनाएर जनताको हितमा काम गर्नुको सट्टा जनतालाई सरकार भएको आभाष दिलाउन नसकेको दावी गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं गण्डकीका इन्चार्ज अक्कल तामाङले रगतको विकल्प रगत नै भएकाले रक्तदान गरेर कसैको जीवन बचाउन सकिने बताउनुभयो । पार्टी संगठनबारे बोल्दै संङ्ख्याका आधारमा नेकपा एमालेलाइ कमजोर नसम्झन सचेत गराउनुभयो । ईतिहास पढ्ने मात्र होइन इतिहास बुझ्ने यूवा बन्न जरूरी रहेको उहाँको भनाइ छ । बहुमत ल्याएर पनि राष्ट्रिय स्वतन्त्र पार्टी सरकार सन्चालनमा असफल भएको आरोप समेत लगाउनुभयो ।
राष्ट्रिय यूवा संघ लमजुङका अध्यक्ष योग बहादुर गुरुङको अध्यक्षतामा भएको रक्तदानमा प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोग रहेको थियो । नेकपा एमालेले श्रावण १५ गतेदेखि देशव्यापी रुपमा रक्तदान गर्ने अभियान सुरु गरेको र सोही अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको अध्यक्ष योग बहादुर गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य कृष्ण प्रसाद अधिकारी, राष्ट्रिय युवा संघ गण्डकीका अध्यक्ष रोशन तामाङ, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं यूवा फाँट इन्चार्ज गोविन्द बस्नेत, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज प्रविण अधिकारी, राष्ट्रिय यूवा संघ नेपाल गण्डकिका सचिव चिरण ढकाल, एमाले लमजुङका उपाध्यक्ष जित बहादुर गुरुङ, सचिव राजेम्द्र बोहोरा, सहसचिव बिबस बुढाथोकी, सचिवालय सदस्य जुन बहादुर तामाङ, यूवा संघ लमजुङका पदाधिकारीहरु, अनेरास्ववियू लमजुङ जिल्ला अध्यक्ष प्रदिप गुरुङ लगायत नेकपा एमाले निकट भातृ संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ लमजुङका उपाध्यक्ष प्रदिप घिमिरेले गर्नुभएको थियो ।








प्रतिकृया दिनुहोस