आज : Saturday, August 08, 2026 | २०८३ श्रावण २३ शनिबार

लमजुङको जंगलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

लमजुङ ।
लमजुङको बेंसीसहर नगरपालिका–६ मकैडाँडा स्थित जंगलमा बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बिहीबार साँझ करिब ५ बजे प्रहरी सहायक निरीक्षक दीपेन्द्र डाँगीको नेतृत्वमा खटिएको गस्ती टोलीले जंगल क्षेत्रमा गस्ती गर्ने क्रममा एकनाले १२ बोरको भरुवा बन्दुक फेला पारेको हो।

बरामद गरिएको बन्दुक थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।   

प्रतिकृया दिनुहोस