आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

पीडत भएकै स्थानमा प्रहरी पुग्नु पर्छ : प्रनाउ–बोहोरा

लमजुङका नव आगन्तुक प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक रेशम बोहोराले पीडित भएकै स्थानमा प्रहरी पुग्नु पर्ने बताउनु भएको छ । प्रनाउ बोहराले पीडित प्रहरीसम्म आउनु पर्ने मान्यता नराखी  पीडित भएकै स्थानसम्म प्रहरी पुग्नु पर्ने बताउनुभयो ।
जिल्ला प्रमुखको रुपमा आउनुभएका प्रनाउ बोहोराले शुक्रबार जिल्लाका सञ्चारकर्मीसँग परिचयात्मक अन्तरक्रिया गर्दै बताउनुभयो ।
प्रनाउ बोहराले पीडित प्रहरीसम्म आउनु पर्ने मान्यता नराखी पीडित भएकै स्थानसम्म प्रहरी पुग्नु पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रनाउ बोहोराले समाजमा हुने अपराध नियन्त्रण, लागु औषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण, ट्राफिक व्यवस्थापन, अदालतको फैसाला कार्यान्वयन, साईवर अपराध नियन्त्रण जस्ता विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो ।सान्ती सुरक्षा व्यवस्थापन एवं अपराध नियन्त्रणकालागि कानुनी कारवाही मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि सचेतनामुलक गतिविधीलाई पनि प्राथमिकतामा राख्ने प्रनाउ बोहोराको भनाई थियो ।
प्रहरीको काम कर्तव्यलाई सरल बनाउन आम नागरिक र प्रहरी विचको सम्वन्ध र सहकार्यमा सद्भाव तथा आपसी सम्बन्धमा सुधार जस्ता विषयलाई पनि विशेष प्राथमिकतामा राखेको प्रनाउ बोहोराको भनाई थियो । जिल्लाको शान्ती सुरक्षा व्यवस्थापनसँगै प्रहरी कर्मचारीहरुको क्षमता अभिबृद्धिलाई पनि प्राथमिकतामा राखेको प्रनाउ बोहोराले बताउनुभयो ।
यसअघिका जिल्ला प्रहरी प्रमूख निशान्त श्रीवास्तव प्रहरी हेडक्वाटरमा तानीएसँगै बोहोराले जिल्लाको प्रहरी प्रमूखको जिम्मेबारी सम्हाल्नु भएको हो । प्रनाउ बोहोरा यसअघि पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारीको जिम्मेबारीमा रहनुभएको थियो ।
कार्यक्रममा सहभागी पत्रकारले सहयोग र समन्वयका लागि आफुहरु तयार रहेको भन्दै कानुन संवत आफ्नो काम कर्तव्यमा लाग्न र दवाव र प्रभावमा नपरी कार्यसम्पादन गर्न सुझाव दिएका थिए ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, केन्द्रिय सदस्य कृष्ण केसी, जिल्ला शाखा निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी, महासंघका सल्लाहकार अनुज अधिकारी, उपाध्यक्ष बसन्ता भट्ट, प्रदेश समिति पूर्व सदस्य कमला केसी, प्रेस चौतारी लमजुङ शाखाका अध्याक्ष सुरज गुरुलगायत विभिन्न सञ्चार माध्याममा आवद्ध क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस