सातौँ स्याङ्जा महोत्सव अपाङ्गता मैत्रीपूर्ण बनाईदै
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले सातौँ स्याङ्जा महोत्सव फाल्गुण ६ देखि १८ गते सम्म संचालन गरिने भएको छ । पुतलीबजार नगरपालिका वडा नं १ मालेबगर खेलमैदानमा संचालन गरिने महोत्सव सवैको अपनत्व एवं सहज पहुँचयुक्त बनाईने आयोजकले जनाएको छ ।
स्वयम् अपाङ्गता भएका व्याक्ति तथा अभिभावकहरुको प्रत्यक्ष नेतृत्व तथा संलग्नतामा निरन्तर कृयाशिल सामाजिक संस्था अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रका अनुरोधमा अपाङ्गता परिचय पत्रका आधारमा निःशुल्क प्रवेश, प्रवेशद्वारमा छुट्टै प्रवेशको संरचना, महोत्सवको मुख्य स्थल(स्टेज)मा अशक्त, अपाङ्गता भएका व्याक्तिहरुका लागि छुट्टै उपयुक्त बसाईव्यवस्थापन ,अपांगताता कलाकारहरुलाई प्रतिभा प्रदर्शन कार्यमा प्राथमिकता दिने स्याङ्जा जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले वताउनुभयो । त्यस्तै अपाङ्गता सम्बन्धि सचेतता सामाग्री प्रर्दशनीको लागि स्टलको व्यवस्थापनसहित, सामाजिक उतरदायित्वको तर्फबाट अपाङ्गता लागि विशेष योजना बनाउने सोच रहेको संघका महासचिव रविन केसीले बताउनुभयो ।
यसैगरी अपाङ्गता भएका व्याक्तिहरुको सहजीकरणका लागि अपाङ्गता अधिकारकर्मी एवं अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाका अध्यक्ष युवराज पराजुलीको संयोजकत्वमा १९ सदस्यीय उप–समिति गठन गरिएको छ । साताँै स्याङ्जा महोत्सव (२०८१ सवंको गौरवको विषय भएकोले शारीरिक समस्या एवं सीमिततायुक्त अपाङ्गता भएका व्याक्तिहरुका सहभागीता सुनिश्चितेका लागि आफ्नो संस्थाले गरेका आग्राहलाई सहर्जै स्वीकारी उपयुुक्त अनुकूलताको व्यवस्थापन गरेकोमा सवै अपागता साथीहरु खुशी हुनुका साथै सचेतता अभिवृद्धि, सामाजिक, साँस्कृतिक एवं मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने अधिकार स्थापित गर्न मद्दत पुग्ने अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष पराजुलीले बताउनु भयो ।
स्याङ्जा महोत्सवको आधार कृषि पर्यटन नै आर्थिक समृद्धिको पूर्वधार भन्ने नाराकासाथ महोत्सव सञ्चालन हुने आयोजक मूल संस्थाले जानकारी दिएको छ ।








प्रतिकृया दिनुहोस