आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

लमजुङमा जिप दुर्घटना : २ जनाको मृत्यु, ११ घाइते

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–७ स्थित उस्ताबेसीमा यात्रुबाहक बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको जीप शनिबार अपराह्न करिब साढे ४ बजे उकालोको घुमाउरो सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार मृत्यु हुनेमा मर्स्याङ्दी–७ का ४० वर्षीया गंगामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीया पुष्पा घले रहेका छन् । यद्यपि, यसबारे औपचारिक पुष्टि हुन बाँकी रहेको छ।

दुर्घटनामा घाइते भएका १३ जनामध्ये ३ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने ३ जनाको प्रदेश अस्पताल लमजुङ को रेड जोनमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्री का अनुसार घाइते सबैलाई उपचारका लागि बेंसीसहरस्थित अस्पतालमा ल्याइएको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस