बेसीशहरको फूलबारी मञ्चमा कराँतेको वेल्ट ग्रेडिङ
बेंसीशहरमा बेसीशहर कराँते डोजोको आयोजनामा जेकेएफ गोजुकाई केन्बुकान कराँतेको वेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
बेंसीशहरको फूलबारी मञ्चमा शनिवार फूलबारी कराँते डोजो र विभिन्न विद्यालय कराँते डोजोको २० औ वेल्ट ग्रडिङ कार्यक्रम भएको हो । कार्यक्रममा १ सय ७० जना खेलाडीहरुको सहभागिता थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले स्वास्थ्यको लागि मात्र नभई राष्ट्रिय पहिचानको लागि पनि खेल महत्पूर्ण भएकाले जुनसुकै विधाका खेललाई व्यवस्थित ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । खेल संरचना निमार्ण, खेलकुदको विकास, उत्कृष्ट खेलाडी उत्पादन लगायतका क्षेत्रमा पालिकाको पनि साथ र सहयोग रहँदै आएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठले आत्मरक्षाको लागि पनि कराँते खेल निकै महत्वपूर्ण रहेको भन्दै खेललाई निरन्तरता दिन आग्रह गर्नुभयो । बेल्ट टेस्टमा फूलबारी डोजो, युनिभर्सल डोजो, न्यू इरा, विद्याविकास, अर्थली र हिमचुली डोजोका प्रशिक्षार्थी कराँते खेलाडीहरुलाई उनीहरुको प्रस्तुतिको आधारमा बेल्ट प्रदान गरिएको थियो ।
यसैगरी प्रत्येक विद्यालय डोजो र फूलबारी डोजोका उत्कृष्ट खेलाडीलाई ट्रफि प्रदान गरिएको थियो । अनुशासित र प्रशिक्षणमा नियमित उपस्थित हुने खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो । कार्यक्रममा जिल्लाबाट प्रदेश हुँदै राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा विभिन्न विधामा विजेता खेलाडीलाई सम्मान गरिएको थियो ।
जेकेएफ गोजुकाई तजुकी केन्वुकान कराँते संघ लमजुङका प्रमुख प्रशिक्षक शिला तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जेकेएफ कराँते बेसीशहरका उपाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन कराँते संघ लमजुङका सचिव तुलवहादुर गुरुङले गर्नुभएको थियो ।








प्रतिकृया दिनुहोस