राष्ट्रपति रनिङ शिल्डमा कांस्य पदक विजेता बनिन् युनिभर्सल एकेडेमीमा अध्ययनरत छात्रा आस्था गुरुङ
लमजुङ जिल्लाका कराते खेलाडी आस्था गुरुङले १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गण्डकी प्रदेशको तर्फबाट सहभागी हुँदै ४५ केजी तौल समूहको छात्रा कुमितेतर्फ तृतीय स्थान हासिल गर्न सफल भएकी छन् ।
गत जेठ महिनाको २८ देखि ३१ गतेसम्म काठमान्डौमा सम्पन्न १५ औँ राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगितामा उनले तृतीय स्थान हासिल गरेकी हुन् । पालिका, जिल्ला हुँदै प्रदेश स्तरीय छनौट प्रतियोगिता पार गरेर केन्द्रीय प्रतियोगितामा स्थान बनाएकी गुरुङले पहिलो खेलमा बागमती प्रदेशका खेलाडी राधा कुमारी चौधरीलाई ७–४ को अङ्कले पराजित गर्दै सेमिफाइनलको यात्रा प्रवेश गरेकी थिइन् ।
सेमिफाइनलमा मधेस प्रदेशका पर्सीया चौधरी थारुसँग ३–३ को बराबरी भए पनि सेन्सुको आधारमा पराजित भइ प्रतियोगिताको तृतीय स्थानमा सीमित हुनुपरेको थियो । उनी हाल युनिभर्सल एकेडेमी बेसीशहरमा अध्ययनरत रहेकी छन् ।








प्रतिकृया दिनुहोस