तेस्रो टाइगर कप २०२४ युएई कपमा लमजुङ एफसी च्याम्पियन
युएईको दुबईमा आयोजित तेस्रो टाइगर कप २०२४ युएई कपमा लमजुङ एफसी च्याम्पियन बनेको छ ।
नेपाल टाइगर क्लवले गत शनिबार २४ अगस्टको बेलुकीदेखि सुरु गरेको खेल आइतबार सम्पन्न भएकोमा आइतबार सम्पन्न भएको हो । यल्ल स्पोर्ट्स र ग्रीनफिल्ड स्कुलको मैदानमा आयोजना गरिएको फुटवल प्रतियोगितामा युएईका विभिन्न राज्यहरुबाट २४ टिमले सहभागीता जनाएका थिए ।
फाइनलमा पुगेको मेची महाकाली क्लवलाई १–० गोलले पराजित गर्दै लमजुङ एफसी च्याम्पियन बनेको हो । प्रतियोगिताका विजेता लमजुङ एफसीले कपसहित ४ हजार ४ सय ४४ दिराम प्राप्त गरेको छ । उपविजेता मेची महाकाली क्लवले २ हजार २ सय २२ दिराममा चित्त बुझाएको छ ।
खेल अवधिभर कूल ६ गोल गरेबापत लमजुङ एफसीका हेम आलेमगर (जिरे भाइ) ले सर्वाधिक गोलकर्ताको उपाधी पाए । लमजुङ एफसीकै कप्तान विशन श्रेष्ठले सर्वोत्कृष्ट खेलाडीको उपाधी पाए । सर्वोत्कृष्ट किप्परको उपाधी मेचीमहाकालीका गोल किप्पर दर्शन कँडेलले हात पारे । फेयर प्लेको अवार्ड भने युथ स्पोटिङ क्लवले हात पारे ।
उक्त खेलमा लमजुङ एपसीका तर्फबाट कप्तान विशन श्रेष्ठ, पूर्व कप्तान अनिल गुरुङसहितको टीम सहभागी थिए । उक्त अवसरमा लमजुङ एफसीका अध्यक्ष कृष्ण अधिकारी, टिम कोच मेकराशी गुरुङ (धन), टिम मेनेजर नरेश रिमाल, संस्थापकहरु मुक्ति गुरुङ, राजु घले, अर्जुनबहादुर गौली, विष्णुलाल श्रेष्ठ साथै मिनकुमारी (ममता) गुरुङ, विष्णु गुरुङ, रुपा गुरुङ, धन गुरुङ (घनपोखरा), होमजंग गुरुङ, तिमोती घले, पुनम तामाङ आले मगर, सुदिप गुरुङ, शर्मिला गुरुङ, मन्दिप गुरुङ, अमर बोहोरालगायतको उपस्थिति थियो ।








प्रतिकृया दिनुहोस